झापामा थपिए १ संक्रमित, संख्या ५२ पुग्यो

झापामा थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

अब नेपालमा संक्रमण देखिनेको संख्या ५२ पुगेको छ। संक्रमित मध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये आइतबार मात्र तीन नयाँ संक्रमित थपिएका छन्।