मानिसहरुले के भन्ने हुन
यदि मानिस कुरुपमात्रै यो भने
यदि मानिस सुन्दरमात्रै भयो भने ?
चटक्क मिलेकी त मेनका हुन सक्छिन्
उर्वसी हुन सक्छिन्
मिलाएर बनाएको मुर्तिजस्तै
एक कथाकी राजकुमारी हुन सक्छिन्
राजकुमार हुन सक्छन्
देव इन्द्र हुन सक्छन्, कृष्ण हुन सक्छन्
तर कृष्ण काला किन भएका ?
शंकर किन कुरुप र सुन्दर भएका ?
इन्द्र, कृष्ण पनि चटक्कै मिलेका थिए त ?
किन इन्द्रको सुन्दर मनले
अहिल्याको सुन्दर मनलाइ बिटुलो बनाएका
यी हुन् हामीले बनाएका भगवानका कथा
सुन्दर अनुहार, कथाहरु
तर मान्छे चेप्टो भयो भने
चुच्चो भयो भने
चिम्सो भयो भने
आँखा ठूलो भयो भने
सानो भयो भने
गोरो भयो भने
कालो भयो भने
सुकुटे भयो भने
मोटो भयो भने
नसुहॉउदो अग्लो भयो भने
छोटो भयो भने
दॉत निस्केको भयो भने
गिजाको रंग नमिलेको भयो भने
नांगा काने या लोतीहिन
खुट्टाका पाउ र हातका पंन्जा नमिलेको भयो भने
तिनलाइ के भन्ने ?
सुन्दर कि असुन्दर ?
कुरुप या ठिक्क ?
हामी मानिसको भिडमा दॉज्छौ र हेर्छौ
र देख्छौं यी तमाम अनुहार
तर हेर्दैनौ हामीमा पनि कुनै कुरा कम छ कि
चरित्र या छविबाहेक
समग्रमा मान्छे कस्तो हुन्छ
सुन्दर हुन्छ या कुरुप
कस्तालाइ राम्रो भन्ने
कस्तालाइ नराम्रो भन्ने ?
हुन सक्छन् सुडौल र सुन्दर स्त्री
उनलार्इ सुहाउने कठिलो र हसिलो पुरुष
तर अरु सम्पूर्ण सृष्टि असुन्दर भयो त ?
सुरुप र सुन्दर बनाउने केले हो ?
यिनै चेप्टा, चिम्सा, ठूला, चुच्चा अनुहारले
भूगोललार्इ कि यसका भौगोलीक प्रभावहरुलाई
मट्टीहरुका कि पर्यावरणका देनहरुलाइ
मान्छेको उत्पति दक्षिण अफ्रिकाबाट सुरु भएको हो
हाम्रा पुर्खा दक्षिण अफ्रिकी हुन्
उसो भए हामी फरक कसरी भयौ त ?
अनुहारका आधारमा
स्वरुपका आधारमा ?
के मट्र्टीले सुन्दर वा असुन्दर बनाउॅछ ?
जे भए पनि हामी पूर्ण छौं
र कहिं न कहिं अपूर्ण पनि छौं
धेरै या थोरै सुन्दर या कुरुप छौं
जब हामी एक अर्कालाइ दॉजेर हेर्छौ
भिन्नताहरु आउॅछन्
कोही कम कोही बढी असुन्दर हुन सक्छ
कुरुप र सुन्दर हुन सक्छ
तर मानिस आॅफैमा कुरुप हुन सक्छ ?
हामी प्रकृतिले बनाएका उपमामा न त कुरुप छौं
न त कुरुप हुन्छौं
यि त प्रकृतिले बनाएका अनुहार हुन्
न कि हामीले बनाएका
यसो हो भने
यसरी बुझे भने अब मानिसहरुले भन्नेछन्
कुरुप त हाम्रा नजरहरु हुन
कुरुप त हाम्रा बिचारहरु हुन्




