नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा वीरगञ्जका ५० वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले उनीहरुको आइसोलेसनमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जानकारी दिए ।




