जिन्दगीमा समस्याका खातमाथि खात
यस्तै वेला मान्छेहरु दिउसै पार्छन् रात
यति बेला विश्वभरि कोभिड महामारी
फैलिएर छुटेको छ आफन्तकै साथ
नजिकिदा हात छुदा कोरनाको डर
गुमाउँदा विबेक पो झुकेको छ माथ
काम छैन, भोको पेट, लामो पैदल यात्रा
आशु अनि पसिनाले पोलेको छ आत
भन्थे जीवनभन्दा ठुलो सम्पत्ती र धन
सुन चादी खान हुन्न चाहिदो रैछ भात




