कोरोना संक्रमित अंशु डिस्चार्ज

नेपालकी पाँचो कोरोना संक्रमित अंशु सापकोटा डिस्चार्ज भएकी छिन् । १९ वर्षीया अंशु १ महिना आइसोलनमा बसेर शुक्रबार राति डिस्जार्च भएकी हुन् ।

स्वाबमा लगातार दोस्रोपटक नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा शैलेन्द्र पोखरेलले बताए ।

चैत ४ गते नेपाल आएकी उनको घर बागलुङ नगरपालिका ४ कुँडुले हो । उनी पुस तेस्रो साता बेल्जियममा रहेका आमाबाबु भेट्न गएकी थिइन् । सापकोटा अब गाउँका कोरोनाविरुद्ध चेतना जगाउन क्रियाशील हुने जनाइन् ।