झपट रानाभाट पोखरा
प्रिय कमरेडहरु,
हार्दिक अभिवादन
के केका आधारमा कम्युनिस्ट पार्टीलाई यत्तिका धेरै जनसमुदायले साथ समर्थन गर्नुभयो ? गुदी र गाठी कुरा केके हुन् ? सिपाही नै निकै कम भएको बटालियनका सेनापतिहरु हुँदा कस्तो भएको थियो याद छ ? धेरै उग्र र अराजक भएर तपाईं जिम्मेवार कमरेडहरुले सामाजिक सन्जाल निकै अशिष्ट, अनुशासन र स्तरहीन अनि छरपस्ट ढ्ङ्गले, अपमानजनक वाक्यहरुको प्रयोग गरी खुइल्याउन खोज्दा, ईच्छा भए वा नभए पनि जबर्जस्त मित्रहरूको म्यासेन्जरमा अण्टसण्ट कुरा पठाउदा, फर्वाड गर्दा ,मुलुकको सर्वोच्च निकायमा पदासिन ब्यक्तित्वलाई बिजातीय ठाउँमा जोडी मानमर्दन गर्न खोज्दा ,भित्तामा टास्न खोज्दा वा डिलमा लगेर घुचेड्न खोज्दा एउटै घरभित्रका हौं भन्ने तपाईं कमरेडहरु मित्रतापूर्वक घरभित्र रहन सकिन्छ कि सकिन्न याद छ ? राजनीतिभित्र स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने आम सच्चाइ, नेपालको कम्युनिस्ट आन्दोलन भित्र २०१८, १९ सालदेखिको उतारचढाव, पुष्पलाल चीन गएको बेला गराइएको कम्युनिस्ट पार्टीको अधिबेशन याद छ कि छैन ?
२०२८ सालको झापा बिद्रोह र त्यो बिद्रोहको नेतृत्व, त्यस बिद्रोहबाट कम्युनिस्ट पार्टीले गरेको समीक्षा र प्राप्त शिक्षा अनि उपलब्धि, २०३५ सालमा भएको मालेको गठन, २०३६ सालको आन्दोलन ,२०४१, ४२ तिर अन्य कम्युनिस्ट पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष पक्कै पनि सबैलाई थाहा हुनुपर्ने हो। भोलि अधिबेशन वा महाधिवेशनमा नेताहरुको ध्रुवीकरण नीति, सिद्धान्त र कार्यक्रमिक एकताका आधारमा हुन्छ कि ? कसैको हुर्मत लिन, ईर्ष्या, डाहाका कारण ठेगान लगाउनकै लागि हुन्छ, वा पार्टी बलियो पार्न हुन्छ ? यी सबै कुरा अनिश्चित नै छन्त्य । त्यतिबेलासम्मको समीकरण कस्ता कस्ता होलान् ? अहिले पैतालादेखि टुप्पीसम्मको बल लगाएर पार्टी नेतृत्व र सरकारको बिरोध गर्दा भोलि के हुन्छ कमरेडहरु ? यो हामीले बुझ्ने कि नबुझ्ने , भोलि आफ्ना हितको लागि नेताहरुले जस्तो समीकरण पनि बनाउछ्न,जो जससङ्ग पनि मिल्न सक्छन् ।
राजनीति संभावनाहरुको खेल हो, यो सीधा रेखामा हिड्दैन। जस्तै २०५४ फाल्गुन २१ मा तत्कालीन नेकपा एमाले बिभाजन हुँदा कम्युनिस्ट आन्दोलनका एक जना शिखर नायक क बामदेव गौतमले तत्कालीन एमाले अनि आदरणीय नेताहरु केपी र माधव नेपाललाई कुन कुन स्तरका आरोप लगाउनुभो, तथानाम गर्नुभो । हामी तत्कालीन एमालेमा रहनेहरुले पनि कम्युनिस्ट आन्दोलनमा कमरेडहरु झलनाथ, माधव नेपाल, प्रचण्ड र केपी जत्तिकै योगदान भएका अत्यन्तै आदरणीय नेता बामदेव गौतमलाई नेपालकै सबैभन्दा ठूलो भ्रष्टाचारी भनेर घोषणा गरेनौं ।
हामीहरूमा बिचारधारात्मक रूपमा कम्युनिस्ट पार्टी र वर्ग मित्र भएता पनि एक अर्कामा वर्ग दुश्मन र सफायाको नीति हामीले लियौ कि लिएनौ ? त्यसले कम्युनिस्ट आन्दोलन,जनताको मुक्ति आन्दोलन कहाँ पुग्यो, राजनीतिक घट्नाक्रमहरु कसरी बिकास भयो ? त्यस प्रकारको असहिष्णु नीति र ब्यवहारले देश कस्तो भयो ? कसलाई के भो ? ब्यवस्था के भो ? फेरि ब्यवस्था परिवर्तनका लागि कति हजार योद्धाहरुले सहादत प्राप्त गर्नुपर्यो ? अनि के कारणले तत्कालीन नेकपा एमाले र नेकपा मालेको एकीकरण किन र कस्तो अवस्थामा भयो ?
राजनीतिक घट्नाक्रमहरु कसरी बिकास भए ? त्यो फुट बिभाजन र एकीकरणको तुलनात्मक समीक्षा हामीले गर्ने कि नगर्ने ? अनि पहिलो संविधानसभाको निर्वाचनमा कार्यगत एकता गरेर चुनाव लड्ने बिचार तत्कालीन एमालेमा पराजित भएपछि कस्तो परिणाम हामीले भोग्नुपर्यो ? पार्टी कुन अङ्कमा झर्यो ? तत्कालीन एमालेका नेता भन्नेहरुमा समेत कस्तो तरङ्ग आयो कोको तत्कालीन एमाले छोडेर हिड्नुभो ,याद छ ? शक्ति सन्चय र सङ्गठनात्मक तन्दुरुस्ततालाई कायम गर्न के के गर्नुपर्यो ? कुन कुन नेता कमरेडले के के गर्नुभो ?
तत्कालीन माओवादी नेपालको सबैभन्दा ठूलो शक्ति हुँदा हामीहरुबीच कस्तो सम्बन्ध भयो ? सामान्य बिधालय ब्यवस्थापन समिति गठन गर्दा, ससाना उपभोक्ता समिति बनाउदा के के भए ? जनवर्गीय सङ्गठनहरु बीच कस्तो कस्तो सम्बन्ध भयो? करीब करीब बहुमतको नजिक भएको माओबादीले किन शासन सत्ता चलाउन कुशलतापूर्वक सकेन ? त्यही बीचमा सरकार कति पटक, कसरी कसरी परिवर्तन भए ?? यो यथार्थताको हेक्का राख्नु पर्छ कि पर्दैन ?
त्यति ठूलो पार्टीले दोश्रो र तेस्रो स्थानमा रहेका काङ्ग्रेस र एमालेलाई लतारेर वा बिश्वासमा लिएर किन शासनको बागडोर सम्हाल्न सकेन र संविधान बनाउन र घोषणा गर्न सकेन ? दोश्रो संविधान सभाको नतिजा के भो ? दोश्रो संविधान सभाको चुनाव पछि कति वटा ककसका नेतृत्व मा सरकार किन बने ? त्यो गणितको याद गर्ने कि नगर्ने ? त्यसपछि भएको स्थानीय चुनावमा तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र बीचको सम्बन्ध कस्तो भयो ?
हामीले एक अर्का बीच कहाँ कहाँ, केके, कस्ता कस्ता हर्कत गरेउ, बिजातीयहरु बीचमा कस्तो एकता गरेउ, एउटाले अर्कोलाई ताछ्न्, भित्तामा टास्न के के गरेनौ ? यसको गम्भीर समीक्षा, आत्मसमीक्षा गर्ने कि नगर्ने ? हामी ऎतिहासिक द्वन्द्वात्मक भौतिकबादमा बिश्वास गर्ने, चेतनाभन्दा पदार्थ पहिलो हो भन्ने बिश्वास गर्ने कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र सदस्यले कारण र कारक कुन प्रधान छुट्याउने कि नछुट्ट्याउने ?
मित्रवत ब्यवहार गरौं, सृजनात्मक आलोचना गरौं ,कमिटी प्रणाली, सङ्गठनात्मक पद्धति र आत्मालोचनालाई ब्यवस्थित र बैज्ञानिक तुल्याऔ। कत्लेआम नगरौं, धारे हात नलगाऔ।
यसकारण कमरेडहरु संयमित होऔ, सहअस्तित्वलाई आत्मसात गरौं । मित्रवत ब्यवहार गरौं, सृजनात्मक आलोचना गरौं ,कमिटी प्रणाली, सङ्गठनात्मक पद्धति र आत्मालोचनालाई ब्यवस्थित र बैज्ञानिक तुल्याऔ। कत्लेआम नगरौं, धारे हात नलगाऔ। वर्ग शत्रुको जस्तो ब्यवहार नगरौं, पार्टी रहे पार्टी र सरकारले राम्रोसँग काम गरे, पार्टीको सरकारले गरेका कामलाई प्रत्येक कार्यकर्ता र सिङ्गै पार्टीले पूजिकरण गरे सत्तामा पुग्न सकिन्छ ,अवसर तपाईं हामीलाई खोज्दै आउँछ तर अतिभूतबादी,अतिबादी टिप्पणी ,विश्लेषण ,छुद्र आलोचना गर्न छोडौ ।
सत्तामा जसरी नि पुग्ने वा रहने महत्वाकांक्षा सबैले छोडौ, बरु नेताकार्यकर्ताहरुले आफूलाई लागेका कुरा तततत कमिटीमा लिखित राख्नुस तर बिस्कून छर्न बन्द गर्नुस् । माथितिर फर्केर थुक्दा आफैं माथि पर्छ ,आफैं चढेको रुखको फेद काट्दा आफैं लडिन्छ,आफैं बसेको घरमा आगलागी गर्दा खरानीको केही दुस्ख हुँदैन वा आफैं जलिन्छ । सबैले हेक्का राखौं ।
अनि कुन कुन वस्तुगत र आत्मगत धरातलमा ,केका कारण ,केका लागि,किन ,कसरी दुई कम्युनिस्ट पार्टीको ऎतिहासिक एकता भयो ? हाम्रो यूगिन अभिभारा केके हुन् ? निर्वाचनमा भएको दुई पार्टी बीचको एकता हुने कुराको घोषणा र चुनावी एकताले हामीले कस्तो नतिजा हासिल गरेउ ? हामी के के भनेर ,कस्तो प्रतिबद्धता गरेर ,पार्टीको कुन शिखर नेतालाई अगाडि सारेर अगाडि बढेउ? भारतले नेपालमाथि अन्तर्राष्ट्रिय सन्धि ,अभिसन्धिहरुको बर्खिलाप हुने गरी महिनौ नाकाबन्दीको मारमा पार्दा राष्ट्रियताको झण्डा कसले उचाल्यो ? नेपाली काङ्ग्रेसलाई निकै ठूलो बिश्वासमा लिई जनताको सदिऔदेखि थाती रहेको संविधान घोषणाको पहलकदमी ककसले गर्नुभयो ? राष्ट्रिय एकता र भौगोलिक अखण्डता ,भाषा,धर्म जातजाति ,जनजाति ,अल्पसंख्यक र पिछडिएका समुदायको हित रक्षामा संविधान कसरी ,कुन कुन पार्टीका कुन कुन नेता बिशेषको पहलकद्मीमा जारी भयो ?
आआफ्ना कमिटीका बैठकहरुमा हुनुपर्ने छलफल किन बिस्कून झैं असरल्ल र पानी झैं छताछुल्ल गर्छौं हामी ? मलाई त यस्तो लाग्दैछ कि, प्रतिपक्षी पनि पार्टीभित्र नै तयार हुँदै छौं ।
हामी सबैले साचो र सत्य बोलौ, बुझौं अनि बल्ल कमरेडहरु बोलौ कि ? नेपाल कम्युनिस्ट पार्टी नेकपालाई जनताले दिएको बिगतका चुनावको मत बढी भएको हो । हामी पार्टी कार्यकर्ताहरु किन यति धेरै अराजक बनी निकृष्ट भाषा र शब्दहरुको प्रयोग गरी सामाजिक संजालमा आफ्ना धारणा राख्दैछौ ? आआफ्ना कमिटीका बैठकहरुमा हुनुपर्ने छलफल किन बिस्कून झैं असरल्ल र पानी झैं छताछुल्ल गर्छौं हामी ? मलाई त यस्तो लाग्दैछ कि, प्रतिपक्षी पनि पार्टीभित्र नै तयार हुँदै छौं ।
सकेसम्मका राष्ट्र हित र जनसमुदायसित जोडिने थुप्रै काम गर्दागर्दै ,राष्ट्रिय गौरवका थुप्रै आयोजना अगाडि बढाउदा बढाउदै, प्रत्येक वर्ग र समुदायको हित रक्षाका कामहरू तीन वटै सरकारद्वारा अगाडी बढाउदा बढाउदै ,मानव उदय र मानवीय सभ्यताको चुनौतीको रूपमा देखिएको कोरोनाको बिरुद्ध बिकासशील राष्ट्र भएर पनि यति ठूलो सचेतनापूर्वक लड्दा ,कोरोनाको मारमा पर्नु भएका जनसमुदायहरुको बिहान बेलुकाको छाक टार्ने कामलाई योजनाबद्ध रूपमा अगाडि बढाउदै गर्दा, कोरोना भाइरसबाट प्रताडित बिरामीको सम्मान र हिफाजतपूर्ण ढ्ङ्गले उपचारमा निरन्तर लागिरहदा, स्वास्थ्यकर्मी, राष्ट्रसेवक र सुरक्षा कर्मीको आत्मबल झन् बढ्ने गरी नेपाललाई १० औं नम्बरको ग्रीन क्षेत्रमा पार्दासमेत एकाध कमजोरीमाथि टेकेर प्रतिपक्षीले भन्दा बढी सरकारको बिरोध किन हामी गर्दैर्छौ ?
दुबै अध्यादेश सरकारले फिर्ता लिने निर्णय गरिसक्यो त । अब त ,स्वागत गरौं न ,फेरि बारम्बार किन सामाजिक सन्जालका भित्ता रङ्ग्याउनु पर्यो ? नेतृत्व र सरकारको बथ्ख्याई किन गर्नुपर्यो ? नेतृत्व खुइल्याउदा, कत्लेआम गर्दा आखिर हामीले के पाउदैछौ कमरेडहरुरुकमसेकम हामी सबै मिली जनमतको सम्मान गर्दै सबै नेताप्रति समान सम्मान भाव प्रकट गर्दै जनताको पक्षमा काम गरौं न । समय निकै शक्तिशाली छ। पश्चत्तापमा पर्नुपर्ला ,न्याउरी मारी पछुतो होला । अझै बेला छ, गम्भीर बनौं । आज सिङ्गै मुलुकले हाम्रो एकमना एकता खोजेको छ।जे गर्दा नि बिरोध गर्ने प्रवृत्ति आजैदेखि छोडौ । यसैमा देश र जनताको उपकार छ।
कमरेडहरु यी कुराहरुले तपाईंको मन दुख्न सक्छ तर यथार्थता यही नै हो ।
हार्दिक अभिबादनसहित !









