वैशाख १२ गते २०७७

ताजा समाचार

वैशाख १२ गते २०७७

क्वारेन्टाइनभित्रै बलात्कार प्रयास, १ पक्राउ



धनुषाको विदेह नागरपालिकाको एक क्वारेन्टाइनमा रहेकी युवतीलाई बलात्कार प्रयास भएको छ । विदेह नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाईनमा बस्ने २२ वर्षीया युवतीमाथि बिहीबार बलात्कार प्रयास गर्ने २८ वर्षीय सञ्जीव पासवान पक्राउ परेका छन् ।

राति करिब ११ बजे पासवानले बलात्कार प्रयास गरेको युवतीको आरोप छ । ती युवती एक हप्ताअघि भारतबाट आएकी हुन् ।