पोखराको नयाँ बजारमा रहेको गुरुकुल विद्या सदन सेकेन्डरी स्कुलले अनलाइनबाट पठनपाठन शुरु गरेको छ ।
लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भएपछि १ हप्ता देखी विद्यालयले अनलाईनमार्फत कक्षा चलाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मराज कोईरालाले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत कक्षा १० ११ र १२ का करिब ३ सय विद्यार्थीलाई अनलाईबाट अध्यापन गराईएकोे विद्यालयका प्राचार्य अच्यूत पाण्डेले बताए । २०६३ सालमा स्थापना भएको विद्यालयले अहिले ११ र १२ मा साईन्स, म्यानेजमेनट र होटल म्यानेजमेन्टमा कक्षा संचालन गरिरहेको प्लस टु संयोजक रवि कार्कीले बताए ।




