ब्याक भयो सरकार, दुबै अध्यादेश फिर्ता लिइने

सबैतिरबाट विरोध भएपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । संविधानमा जारी भइसकेको अध्यादेश सरकारको सिफारिसमा राष्ट्रपतिले खारेज गर्न सक्ने व्यवस्था छ ।

यी अध्यादेश वैशाख ८ गते जारी भउका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको थियो । त्यसअघि पार्टी विभाजनका लागि दुवै हुनुपर्ने व्यवस्था थियो ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना पनि बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने नयाँ व्यवस्था गरिएको थियो । पार्टी विभाजन गर्न र विपक्षीलाई पन्छाएर गैरप्रजातान्त्रिक बन्न खोजेको सरकारमाथि आरोप लागेको थियो । नेकपा सचिवालयका बहुसंख्यकले पनि विधेयक फिर्ता लिन माग गरेका थिए ।