नोभेलमा अनलाइन कक्षा सुरु

नोभेल एकेडमी न्युरोड पोखराले अनलाइन कक्षा सुरु गरेको छ । कोरोना महासंकटका बेलामा पनि विद्यार्थीको भविष्यलाई मध्यनजर गरी उपयुक्त विकल्पमा रुपमा अनलाइन कक्षा थालिएको हो ।

लकाडउनका बेलामा अनलाइन पद्दतिद्वारा शिक्षणसहित पढाइसकिएका विषय रिभिजन र नबुझेका कुरा शिक्षकसँग सोध्न मिल्ने यो पद्दतिका विद्यार्थीका लागि उपयोग रहेको नोभेलका व्यवस्थापन कार्यक्रम संयोजक डा. श्रीनिवास माधवन बताउँछन् ।

औषधी बिज्ञान ( फार्मेसी ) स्नातक तहमा अध्यनरत बिद्यार्थी आफ्नो अनुसन्धान तथा प्राक्टिकल बिषयमा केन्द्रित रहिरहेको बेला आउने समस्या समाधान लगायत यो पद्दति बहुउपयोगी रहेको कार्यक्रमका प्रमुख वरिष्ठ फार्मास्ष्टि प्रकाश पौडेल बताउँछन् । यो समयमा कलेजमा नै आएर प्रयोगात्मक ज्ञान लिन बिद्यार्थी असमर्थ भए पनि अनलाइन माध्यमबाट कक्षा सञ्चालन र देश तथा विदेशबाट समेत विज्ञबाट भर्चुअल कक्षाद्घारा भिन्न खालको सिकाइ भइरहेको उनले जनाए ।

१८ वर्षअघि क्याम्ब्रिज बिश्वबिद्यालय को ए लेभेलबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेको नोभेल एकेडेमीले हाल स्नातक तहमा बिएस्सी र्निसङ्ग, बि.फार्मेसी, बि.बि.ए तथा स्नातकोत्तरतर्फ एम.बी ए. सञ्चालन गरिरहेको छ । कोरोना कहरमा शिक्षक तथा बिद्यार्थीको इच्छा तथा समयको सदुपयोग गरी अध्ययनबारे उत्साह पैदा गर्न अनलाइनबाट कक्षा सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले जानकारी दिए ।

सूचना प्रविधिको २१ औ शताब्दीमा विद्यार्थीले फरक फरक तवरले ज्ञान लिन सक्ने र यो त्यही एक प्रकार भएको संस्थाका सञ्चालन प्रबन्धक दिनेश भण्डारीले बताए ।