पूर्व स्वास्थ्यमन्त्री तथा कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद खगराज अधिकारीले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा सहयोग गरेका छन् ।
कास्की प्रतिनिधि सभा क्षेत्र नं १ अन्तरगत रहेका रुपा गाउँपालिका र मादी गाउँपालिकामा १ लाख ७१ हजार ६ सय र १६ थान पिपिइ उनले प्रदान गरेका हुन् । अधिकारीले रुपा गाउँपालिकाको राहत कोषमा १ लाख २१ हजार ६ सय र मादी गाउँपालिका राहत कोषमा ५० हजार नगद र १६ थान पिपिइ दिए ।
उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी स्थानीय सरकारहरुले विपन्न वर्गलाई राहत उपलब्ध गराउने, स्वास्थ्य परिक्षण साथै जनचेतना फैलाउने कार्यमा प्रभावकारी भुमिका खेलेको बताए । नेकपा गण्डकी प्रदेशका सहइन्चार्जसमेत रहेका अधिकारीले विश्व नै संकटमा परिरहेका कोरोना भाइरस महामारीको प्रतिकार्य र रोकथाममा सरकार प्रभावकारी ढंगबाट अगाडी बढिरहेको बताउँदै सबै नागरिकहरुलाई सरकारका निर्देशनलाई पालना गर्न आग्रह गरे ।






