गत चैत २३ गते भारतबाट नेपाल फर्किएका सर्लाहीका १४ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको छ ।
उनलाई नेपाल आएपछि सर्लाहीको धनकौल गाँउपालिका वडा नम्बर ५ को क्वारेनटाइनमामा राखिएको थियो । आरडिटीमा कोभिड १९ पोजेटिभ देखिएपछि उनलाई पिसिआर जाँचका लागि जनकपुर पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ भए पनि उनमा संक्रमणको आशंका भएपछि रिपोर्ट काठमाडौं पठाइयो ।
जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




