तनहुँको भानु नगरपालिका ६ नाबरुङको जंगलमा १ युवक बिहीबार मृत फेल परेका छन् । करिब १७, १८ वर्षका प्रवीण गुरुङलाई दिउँसो १ बजेतिर प्रहरीले मृत फेला पारेको हो ।
भानु नगरपालिका १ भन्सार घर भएका प्रवीणको शव जंगलको खोल्सामा भेटिएको प्रहरीले जनाएको छ । प्रवीण वैशाख ९ गते भानु नगरपालिका ६ नाबरुङमा झगडामा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । उक्त झै झगडामा संलग्न १४ जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।




