बाख्रा चराउन जाँदा भिरबाट लडी घाइते

लमजुङको क्वहोलासोथार गाउँपालिका २ मालिङमा बुधबार बाख्रा चराउन जाँदा भीरबाट लडेर एक जना घाइते भएका छन् ।

दिउसो १ बजेतिर जसराम गुरुङको बाख्रा तथा भेडा फर्ममा काम गर्ने वेसिशहर ९ विन्दावेसी बस्ने वर्ष ३८ को श्याम गुरुङ बाख्रा चराउने क्रममा भिरबाट लडेका हुन् । उनलाई स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारको लागि जिल्ला सामुदायिक अस्पताल पठाईएको छ । उनको टाउको र अनुहारमा गम्भिर चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।