कास्कीको यङ्जाकोट पुर्ख्यौली घर भएका ४९ वर्षीय विजय गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।
बेलायतको रेडिङमा बस्दै आएका उनको रोयल बर्कशायर अस्पतालमा उपचारका क्रममा आइतबार साँझ निधन भएको हो । ढाँडको समस्याबाट समेत पीडित उनी सास फेर्न गाह्रो भएपछि अप्रिल १३मा अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले परिवारलाई उपलब्ध गराएको रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको उल्लेख छ । विजय पछिल्लो समय पोखराको सैनिक बस्तीमा समेत घर थियो । उनको परिवारमा श्रीमती र छोरा छन् ।






