कोरानाका कारण स्कुल, कलेज, व्यापार व्यवसाय, कलकारखाना, बैंक आदि बन्द छन् । यस्तो अवस्थामा भौतिक दुरी आवश्यक भएकाले प्रविधि उपयोग गरी काम गर्न थालिएको छ ।
पोखराको ला ग्रान्डि इन्टरनेशनल कलेजले अनलाइन कक्षाहरु संचालन गरिरहेको छ । बिसिए, बिबिए र बिपिएचको अध्यापन गराउने यो कलेजले लकडाउनको समयमा नियमित शिक्षकहरुबाट शैक्षिक गतिबिधि सञ्चालन गर्नुका साथै बिभिन्न बिधाका विशेषज्ञहरुबाट समेत अनलाइन सेमिनार सञ्चालन गरिरहेको छ ।
हालैमात्र अनलाईन पठनपाठनका अलावा व्यवहारिक र वयवसायिक ज्ञान र सीप विकासका लागि स्रोत व्यक्तिहरु क्षितिज पुरी, राजन कोइराला र रेनुका ढकालले क्रमशः ब्यवसायिक दक्षता तथा नयाँ व्यवसाय सञ्चालनका चुनौती, बौदिक क्षमता अभिवृद्धि र विश्व स्वास्थ्य संगठनले निर्देश गरेका स्वस्थ्यसम्बन्धि बिभिन्न बिषयहरुमा विद्यार्थीलाई जानकारी दिइसकेका छन् ।
विषम परिस्थितिमा विद्यार्थी एवं शिक्षकको समयको उचित सदुपयोग गर्दै सीप विकासका लागि थप बिशेषज्ञहरुलाई सम्पर्क गरिसकेको र कलेजका यस्ता गतिबिधि निरन्तर जारी राख्ने प्रिन्सिपल ई किरण केसीले जानकारी दिए । एकाडेमिक डिन डा कृष्णराज भण्डारी लगाएत कलेजका सबै शिक्षक तथा बिभाग प्रमुखहरु यसका लागि सक्रियतापूर्वक लागेका छन् ।




