नेपालदूत , पोखरा
वैशाख ९ गते २०७७
कास्कीको मादी गाउँपालिका २ ताङतिङका नन्दजंग गुरुङको बेलायतमा निधन भएको छ ।
उनी २०२१ सालमा तत्कालीन लमजुङ जिल्लाको प्रतिनिधित्व गरी राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए । ८७ वर्षीय गुरुङको सोमबार राति निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिए । नन्दजंगका ४ छोरी, १ छोरा र श्रीमती छन् ।