नेपालमा पहिलोपटक सँस्कृत भाषमा कोरोना भाईरस (कोभिड–१९) को सचेतना सामग्री तयार भएको छ ।
कोरोना संक्रमणका लक्षण तथा बच्ने उपाय समेटेर भिडियो र पोष्टर तयार पारिएको हो । सामग्रीका लागि सँस्कृत भाषाका जानकार तथा नेपालमा पहिलोपटक चार वेदको अनुवाद गरेका तिलक लुँईटेलले भाषा अनुवाद गरेका छन
भिडियोमा प्रस्तुति सविन शर्माको रहेको छ । तयार भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको छ । भिडियो सम्पादन अभियान थापा मगर गरेका छन । सँस्कृत भाषाका जानकार लुँईटेल नेपाली भाषाको जननीको रुपमा रहेको सँस्कृत भाषामा सचेतना सामग्री तयार हुनुलाई भाषाको संरक्षणका साथै कोरोना सचेतनामा सहयोगी हुने बताँउछन । यसअघि विभिन्न मौलिक भाषामा यस्ता सामग्री तयार भएको भएतापनि सँस्कृत भाषामा सचेतना सामग्री तयार पारिएको थिएन ।






