पोखरा बृद्धआश्रम, पोखरा १७ बाट खवर आयो आश्रममा लकडाउन भए यता सहयोग अत्यन्त न्यून छ, त्योभन्दा पनि आश्रममा रहेका वृद्धवृध्दाहरुले नियमित सेवन गर्ने pressure को amlodipine-5, losarton-50 जस्ता औसधि सकियो ।
त्यसपछी नेविसंघका विद्यार्थी नेता पशुपति भट्टराई हिडेरै vitamin B complex,ncough syrop र प्रेसरका औषधि बोकेर बृद्धाश्रम पुगे। सोही क्रममा उनले प्रत्येक बर्ष नेविसंघले आफ्नो स्थापना दिवसको अवसर पारेर दिने गरेको खाद्यान्न सहयोग पनि गरे। खाद्यान्न भने राहत नभइ प्रत्येक बर्ष नेविसंघले बृद्धाश्रमलाई गर्ने नियमित सहयोग पनि हो । जसमा ५ बोरा चामल,१ कार्टुन तेल र ५ प्याकेट नुन थियो।
भट्टराई भन्छन, “लकडाउन छ हिड्न सकिदैन तर नियमित खाने प्रेसर को औषधी नै न भएपछि हिनेर भए पनि पुगे । ” उनले यस कार्यमा आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने औषधि व्यवसायी क्रान्ति मुल्मी, सन्चो मेडिकलका सञ्चालन कृष्ण पाण्डे, नेविसंघ जनप्रीय बहुमुखी क्याम्पसका विद्यार्थी नेता सञ्जय पौडेल, किशोर भण्डारी, संजिब कडेल, दिदी बहिनी फलफूल सप्लायर्स पृथ्वीचोकका संञ्चालक रबिन लामिछाने तथा समाजसेबी लक्ष्मण लामिछानेप्रती आभार प्रकट गरेका छन।






