पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइँदै

सरकारले दल विभाजन गर्न सजिलो हुने अध्यादेश ल्याउने निर्णय गरेको छ।

यसअघि पार्टीको संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत हुनुपर्ने प्रावधान थियो । अब दुईमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत पुर्‍याए पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरषद्ले गरेको छ

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।