प्रदेश सांसद थापाले बाँडे ३ सय परिवारलाई राहत

प्रदेश सांसद एवं कांग्रेस नेता विन्दुकुमार थापा पनि अहिले लकडाउनमै छन् । कोरोनमा कोरोनाका कारण सांसदीय क्रियाकलाप र अन्य कार्यक्रम ठप्प भए पनि उनी चूपचाप छैनन् ।

सांसद थापा विपन्न र मजदुरलाई राहत बाँडेर सघाउन लागिपरेका छन् । उनले पोखरा महानगरपालिका वडा नं ९ को कृष्ण टोल र गणतान्त्रिक टोल र वडा नं २१ बएलीको मनकामना टोलमा सोमबार १ सय १३ परिवारलाई राहत प्रदान गरेका छन् । स्थानीय सरकारसँगको समन्वयमा राहत नपाएकाहरुलाई उनले राहत दिएका हुन् ।

वडाको लगतमा नपरेका र राहत आवश्यकता भएका दैनिक ज्यालादारी गरी खाने, असक्त र असाहयलाई राहत दिइएको थापाले जानकारी दिए । उनले भने, ‘अत्यावश्यक भएका मजदुर, ज्यादारी गर्ने र असहाय, अशक्तलाई राहत वितरण गरेको छु ।’

थापाले व्यक्तिगत तर्फबाट सोमबार १ सय १३ घरपरिवारलाई र यसअघि २ सय घरपरिवारलाई खाद्यान्न वितरण गरिसकेका छन् । थापाले भने, ‘तपाईंहरुको हरेक दुःख सुखमा सधैं सँगै रहनेछु, यसैलाई म आफ्नो प्रमुख जिम्मेवारी र दायित्वको रुपमा लिएको छु।’