बागलुङमा १ जनाको भीरबाट लडेर मृत्यु भएको छ । आइतबार बिहान साढे ७ बजे गलकोट नगरपालिका वडा नम्वर ५ कौलेनीको जङ्गलमा गलकोटकै हिस्लाङ बस्ने वर्ष ३३ का पुरन राना मृत फेला परेका हुन् ।
शनिबार बेलुका साथीहरूसंग भिरमा मौरीको मह निकाल्न जान्छु भनी उनी निस्केका थिए । प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।






