सोलुखुम्बुमा ड्युटीमा रहेका प्रहरी हवल्दारको अचानक मृत्यु भएको छ।
प्रहरी हवल्दार शिवप्रसाद भट्राईको आईतबार बिहान करिब ३ बजे मृत्यु भएको सोलुखुम्बुका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुले बताए । भट्टराई अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज थिए ।
आईतबार राती अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । भट्टराईको राति नै मृत्यु भएको हो । भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ बर्षिय भट्टराईका श्रीमती, २ छोरा र १ छोरी छन्।






