घाँटीमा मासु अड्केर मृत्यु

सल्यानमा घाँटीमा मासु अड्किँदा १ जनाको मृत्यु भएको छ ।

सल्यानको शारदा नगरपालिका १३ का ६९ वर्षीय देवीलाल कामीको मासु अड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मासु अड्केपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइ पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।