रोट्याक्ट क्लब अफ पोखरा फिस्टेलले कोरोना संक्रमणका कारण खाद्य समस्यमा परेकाहरुलाई सघाएको छ । क्लबले आपतकालीन राहत कोषबाट महानगरबाट राहत नलिएका विपन्न १५ परिवारलाई राहत वितरण गरेको हो ।
उनीहरुलाई चामल, दाल, नून, खानेतेल, साबुन, आलु र सेनिटरी प्याड दिइएको हो । क्लबका अध्यक्ष सोनु सुनारले पहिलो चरणको राहत वितरण गरिएको जानकारी दिँदै राहत कोषमा सहयोग गर्न आग्रह गरिन् । चरणबद्ध रुपमा विपन्नलाई राहत दिने क्लबको तयारी छ ।
कोभिड १९ रिलिफ प्याकेज डिस्ट्रयुविसन प्रोजेक्ट नाम दिइएको यो कार्यक्रमको संयोजन क्रिस्टिना भट्टराईले गरेकी छिन् । उनले महानगरबाट राहत नलिएका र हातमुख जोर्ने समस्या रहेकाहरुलाई दोस्रो चरणमा पनि राहत वितरण गरिने जनाइन् ।
क्लबकी पूर्वअध्यक्ष सिरु भुर्तेलले मानवले भोग्नुपरेका ठूला विपत्तिहरुका यथाशक्य सघाउँदै आएको बताइन् । राहत समितिका क्लाबका पूर्वअध्यक्षहरु छन् । राहत समिति सदस्यसमेत रहेकी भुर्तेलले महासंकटमा क्लबले राहत र सहयोगको पहल गर्ने गरेको उनले सुनाइन् । उनले भनिन्, ‘ठूला संकट, विपत्ति आउँदा सक्नेले पीडितलाई सहयोग गर्नुपर्छ । यस्तो बेलामा चूप लागेर बस्नु पनि भएन । मावनताको नाता छ नि हामीमा ।’






