कोरोना संक्रमति बागलुङकी ६५ वर्षीया महिला शनिबार डिस्चार्ज भएकी छिन् । उनीसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ पुगेको छ ।
शनिबारै उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप १ भारतीयमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

शुक्रबार मस्जिदमा रहेका ११ जना भारतीय र १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
यता, बागलुङकी ६५ बर्षीया ती महिलालाई भने अब २ हप्ता होम क्वारेन्टाइमा बस्ने गरी डिस्चार्ज गरिएको छ । आइतबार डिस्चार्ज गर्ने तयारी भए पनि स्वाबको रिर्पोट नेगेटिभ आएको थाहा पाएपछि उनलाई शनिबारै घर पठाइएको हो ।
बागलुङ नगरपालिका ३ गौंडाकोटकी यी महिलाले सबैको साथ र आत्मविश्वासले आफू ठिक भएको बताइन् ।




