बाँके, नेपालगन्जको मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा उपरचाररत १ नेपालीको मृत्यु भएको छ ।
बर्दियाको गुलरिया १ बढैयाका ४२ वर्षीय स्माइल बेहनाको शनिबार मृत्यु भएको हो । उनलाई दम, रुघाखोकी र ज्वरो आएको थियो । लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो भए पनि उनको स्याको रिपोर्ट आएको छैन । उनी डेढ महिनाअघि भारतबाट आएका थिए ।




