दर्चुलाको मार्मा गाउँपालिकामा भागी विवाह गरेको १ हप्तामै दम्पतीले भीरबाट हाम फालेर आत्महत्या गरेका छन् ।
गाउँपालिकाको वडा नंं. १ ताकुका २८ वर्षीय राजेन्द्र महर र उनकी श्रीमती २६ वर्षीया ललिता धामीले शुक्रबार नजिकैको सुन्दरभिरबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
वैशाख १ गते राजेन्द्रले ललितासँग भागी विवाह गरेका थिए । उनकी जेठी श्रीमती कोपिलाले इलाका प्रहरी कार्यालयमा वहुविवाहमा उजुरी दिएकी थिइन् ।





