अर्काे सुखद् खबर : बागलुङकी संक्रमित पनि स्वस्थ भईन्

काठमाडौंमा उपचाररत दोस्रो कोरोना संक्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्केकै दिन नेपालीका लागि अर्काे सुखद् खबर पनि छ । बागलुङमा उपचाररत अर्की कोरोना संक्रमित पनि निको भएकी छिन् ।

६५ वर्षीया ती महिलाको २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नेगेटिभ आएको छ । उनलाई आइतबार डिस्चार्ज गरिने भएको छ । डिस्चार्ज भएको २ हप्ता उनलाई होम क्वारेन्टाइनमा राखिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

बागलुङमै उपचाररत अर्की युवतीको चौथो परीक्षण पनि पोजेटिभ आएको छ । ती युवती बेल्जियमबाट कतार एअरवेजमार्फत् नेपाल आएकी थिइन् ।