कोरोना भाइरसबाट बच्ने उपायलाई बेवास्ता गर्ने एक क्रिस्चियन धर्मगुरुको कोरोनाबाट ज्यान गएको छ ।
अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभरेन्स इभानजेलिस्टीक चर्चका बिसप जिराल्ड ग्लेनको कोरोनाबाट मृत्यु भएको हो । ६६ वर्षीय ग्लेनको आइतबार राति निधन भएको हो ।
सरकारले कोरोनाबाट बाच्न सुझाएका तरिका नमान्ने जनाउँदै उनले भनेका थिए ,‘म पूर्ण रुपमा यो विश्वास गर्छु कि भगवान कुनैपनि भाइरसभन्दा ठूला हुन्।’ अप्रिल ४ मा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।





