सदा वर्ष झै यसवर्ष पनि नेपाली नयाँ बर्षको सुरुआत भएको छ । अंग्रेजी पाश्चात्य नयाँ वर्षतीर ढल्किएको नेपाली नया समाजले नेपाल वर्षलाई पनि महत्व दिईरहेको छ । नयाँ वर्षमा नयाँ सोच,नयाँ बिचार र परिकल्पनासहित नेपालजनमा सुभकामना आदानप्रदान हुन्छ । देश समृद्धिको पाईला तर्फ अघि बढोस् ,रोक व्याधि र प्राकृतिक प्रकोप थेग्न नपरोस् यस्तै यस्तै कामना गरी गरिन्छ । नराम्रा पक्ष र हामीले झेलिरहेका पीडाहरुबाट उन्मूक्ति मिलोस र नयाँ बिचार र सृजनाहरु मुखरित हुन सकोस यही कामना हुन्छ नयाँ वर्षमा ।
विगतमा हामी सबैले विभिन्न उतार चढाव र आरोह –अवरोह र चुनौतिहरुको सामाना गरिसकेका छौ ।यसपटक पनि नयाँ वर्ष अघिको उत्तरार्ध देखि विश्वनै यतिबेला कोरोना भाईरसको माहामारीको चपेटामा आहत बनेको छ । कोरोना भाईरसबाट मुक्त हुन विश्वका सबैजसो राष्ट्रले आआफ्नै ढंगले संद्दर्ष गरिरहेका छन् । लाखौ जनताले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपाल पनि कोरोनाबाट उच्चजोखिम छ । यद्यपी कसैले ज्यान गुमाएका छैनन् ,यसको सजगता अपनाउन सरकारले ३ साताअघि देखि मुलुक लकडाउन गरेको छ ।
यतिबेला सरकार देश कोरोना बिरुद्धको लडाईमा केन्द्रित छ अर्कोतर्फ लक डाउनका कारण भोक र रोगले नेपालीजनलाई बिछिप्त बनाईरहेको छ । गरिव तथा विपन्न नेपालीले बिषम अवस्थामा दर्दनाक पीडा खेप्न बाध्य परेको छ । देशको सबै कामकाज पुरै ठप्प छ ।स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर कोरोना बिरुद्ध रणसंग्राममा उत्रिएका छन् ।
नया वर्षको आगमनसंगै कोरोना त्रास झनै उत्र्कषमा पुग्दैछ । देशको अर्थतन्त्र कोरोनाकै कारण टाट पल्टिदैछ । यस्तो अवस्थामा नयाँ बर्षको खुसीयालीमा कसरी रमाउन सकिएला र । हामी अपेक्षा गरौ यो कोरोनाको अनिश्चछ्याको कालो तुवालो छिट्टै हटेर नया बशन्तको बहार पलाओस । देशको सबै क्षेत्रको आर्थिक चलाएनमा साविककै लयमा फर्कियोस् । कोरोना नया प्रजातीको संक्रमणकारी रोग भएकाले यसलाई हलुका रुपमा कसैले नसोच्नु होला । विश्वका शक्ति राष्ट्रहरुलाई कोरोनाले चुनौति दिएको बेला नेपाल जस्तो देशले यसको सामान गर्न कति मुश्किल पर्ला कल्पना समेत गर्न सकिदैन । यसले सरकारले निर्देशन गरेको नियमलाई अनुशासित रुपमा पालना गर्नुनै मुख्य बुद्धिमता हो ।
सानो लापवाहीले शिङ्गो मुलुक कोरोनाले बढार्न सक्तछ । घरमै बसौ ,सरकारको नियम पालना गरौ । दैनिक खानपानमा उक्तिकै ध्यान पु¥याउ ,घर बाहिर निस्कदा सामाजिक दुरी कायम गरौं ।यो बेला घमण्ड र शक्ति प्रर्दशन होईन मानवीय संम्वेदनाको जरुरी छ । सरकारको कोरोना बिरुद्धको लडाईमा समन्वय र सहकार्य गरौ । कसैले पनि मानवीय जटिलताको फाईदा लिने र कालो बजारीया गर्नेलाई नियमन गरौ । मानवताको एक परिचय दिऔ तब मात्र कोरोना हामीबाट परास्त हुन सक्तछ ।
अध्यक्ष : सुन्दरकुमार थकाली
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा परिवार




