एक वर्षको तलब राहत कोष र विपन्‍नलाई

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको तलब राहत कोषलाई दिने घोषणा गरेका छन्।

उनले सोमबार सामाजिक सञ्‍जालमार्फत २ महिनाको कोभिड १९ राहत कोष र बाँकी विपन्‍न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने जनाएका छन् । राष्ट्रिय सभाका सदस्यसमेत उनले यसअघि नै संसद् विकास कोषको कुनै औचित्य नभएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेका थिए।