कोरोना संक्रमणका कारण बेलायतमा बस्दै आएकी पोखराकी पुष्पा घलेको मृत्यु भएको छ।
उनको शनिबार निधन भएको हो । घले बेलायतको सडवरी टाउन बस्थिन् । ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घलेलाई शनिबार नर्थवीक पार्क अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुर्याएको ४ घण्टामा निधन भएकी घलेको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी श्रीमान् र छोरासहित १० वर्षदेखि बेलायतमा थिइन् । उनको परीवार र सँगै घरमा बस्नेहरु आइसोलेसनमा छन् । छोरा करीव एक बर्षको छ। यो सँगै बेलायतमामात्रै कोभिड १९ कै कारण निधन हुने नेपालीको संख्या करिब दर्जन पुगेको छ।






