बागलुङमा र्‍यापिड टेस्टमा नयाँ संक्रमित फेला

बागलुङको काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

उनको र्यापिड टेष्टमा कोभिड १९ पोजेटिभ देखिएको हो । पोजिटिभ देखिएकी महिला केही दिनअघि भारतको तीर्थयात्रा फर्केकी हुन् । धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलका अनुसार ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ । स्वाब परीक्षणपछि मात्र कोरोना संक्रमण एकीन हुने उनले जानकारी दिए ।

उनको संक्रमणको जाँचका लागि स्वाब सोमबार पोखरा पठाउने तयारी भएको धौलागिरी अञ्चल अस्पतालका ल्याब टेक्निसियन सुरज बरालले जानकारी दिए ।

उनलाई काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा राखिने भएको छ ।  बाग्लुङमा ¥यापिड परीक्षण भएका ८ सय ५८ जनामा अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।