कोरोना भाइरस महामारीबाट समग्र शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । यस्तो अवस्थामा अध्ययनका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थीलाई लक्षित गरी एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहयोग कोष स्थापना गरेको छ ।
फाउन्डेसनले विभिन्न सरकारी एवं गैरसरकारी निकाय, शैक्षिक संस्था, र सामुदायिक संघ संस्थासँग नियमित सम्पर्क र सम्वादको माध्यमबाट समस्याको पहिचान र यसको समुचित ब्यबस्थापनका लागि पहल गरिरहेको जनाएको छ ।
अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीलाई पर्न सक्ने समस्यामा सहयोग पुर्याउने उद्देश्यले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि संचालित संस्था एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको कोभिड १ ९ एक्स्पर्ट सहयोग कोष” स्थापना गरेको छ ।
महामारीले यहाँ रहेका विद्यार्थीको रोजगारीमा पनि असर गरेको छ । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजमार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीप्रति पहिलो दायित्व तथा अभिभावकत्व अनुभुत गर्दै यो कोषबाट एक लाख पचास हजार अस्ट्रेलियन डलर उनीहरुको सहयोगका लागि छुट्याइएको जनाइएको छ ।
अन्य अन्तरास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक संघ, संस्थामार्फत सहयोग गर्ने गरी ५० हजार अस्ट्रेलियन डलर छुट्याइएको छ ।
पहिलोपटक १ अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलिया आएर रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण रोजगारी गुमाएका र एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा अध्ययनरत बिद्यार्थीलाई उनीहरुको आधारभूत आवश्यकता पुरा गर्नका लागि केहि एक्स्पर्टले बिभिन्न राज्यमा भएका कार्यालय तथा सम्पर्कहमार्फत कोषबाट सहयोग गर्ने जनाएको छ ।
सहयोग आवश्यक हुने बिद्यार्थीले फाउन्डेसनको लिंक ( https://eevs.co/covid19-assistance) मा रजिस्ट्रेसन गरी सहयोग प्राप्त गर्न चाहिने योग्यताबारे जानकारी लिन सक्ने छन् ।
कोरोनबाट प्रभावित विद्यार्थीलाई कुनै सल्लाह चाहिएमा c19support@experteducation.com.au मा ईमेल गर्न फाउन्डेसनले आग्रह गरेको छ ।




