स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै वीरगञ्जमा फेला परेका ३ कोरोना संक्रमितको कन्ट्रयाक्ट टे«ेसिङ भइरहेको जनाएको छ । संक्रमण देखिएको ठाउँलाई पूर्ण रुपमा लकडाउन गर्ने प्रदेश २ सरकारले तयारी गरेको छ ।
पर्साको वीरगंज महानगरपालिका, वडा न २ छपकैया स्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परिक्षण गर्दा तीमध्ये तीन जनामा संक्रमण देखिएको हो । वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड १९ को शंका लागि नारायणी अस्पताल, वीरगंजमा आईसोलेशनमा राखी स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।
त्यहाँको परीक्षणमा तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार जाँच गरिएको थियो । अब उनीहरुको संसर्गमा रहेका र उनीहरुको गएका स्थान पहिचान गरी सुरक्षाका उपाय अवलम्बन गरी मन्त्रालयले जनाएको छ ।






