कोरोना संक्रमणबाट बेलायतमा भूपू गोर्खा यामबहादुर मल (मल्ल)को निधन भएको छ । स्याङ्जाको वालिङ घर भएका मलको यसअघि वाइपास सर्जरी गरिएको जनाइएको छ ।
बेलायतको स्वीन्डनमा बस्ने उनको शनिबार बिहान मृत्यु भएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको समाजसेवी राजन कुमार क्षेत्रीले जानकारी दिए ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।






