पोखरा महानगरपालिकाभित्रै गोरु काटेको अभियोगमा २ जना पक्राउ परेका छन् । बिहीबार दिउँसो ३ बजेतिर पोखरा ३३ छप्ल्याङ चालिसेबाट प्रहरी पोखरा ३२ लामेआहालका २७ वर्षीय अनिस भुजेल र ३७ वर्षका सञ्जय कार्कीलाई पक्राउ गरेको हो ।
गोरु काटेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले काटेको मासु र पुछारसहित २ जनालाई नियन्त्रणमा लिएको घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।






