बागलुङमा ¥यापिड टेस्ट सुरु

कोरोनाको उच्च जोखिममा रहेको बागलुङमा बिहीबारदेखि कोरोनाको ¥यापिड टेस्ट सुरु भएको छ । जाँचका लागि बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली किट र अन्य सामाग्रीसहित बागलुङ आएको थियो ।

विभागका वरिष्ठ मेडिकल ल्याब टेक्निसयन धनप्रसाद पौडेल नेतृत्व टोली बागलुङ आएको हो । पहिलो दिन ११ जनाको जाँच भएको छ । बागलुङ नगरपालिकामा चैत ३० गतेसम्म, ढोरपाटन र तमानखोलामा २८ र २९, बरेङमा चैत ३० र वैशाख १, जैमिनीमा चैत्र ३० गते जाँच गरिनेछ ।

यस्तै, निसीखोलामा चैत्र २८ र २९, काठेखोलामा चैत्र ३०, बडिगाडमा चैत्र २८ र २९, गलकोट र तारखोलामा चैत्र ३० गते परीक्षण गरिनेछ । शुक्रबार धौलागिरी अञ्चल अस्पतालबाट प्रयोगशालाको टिम बानपा ४ कुँडुलेमा गएको छ ।

टोलीले बिहीबार बिहान बागलुङ, पर्वत र म्याग्दीका ल्याब टेक्निसियनसँग धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोनाको नमुना परीक्षणमार्फत टेस्ट किट परीक्षण गरेको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्रबि पोखरेलले जानकारी दिए । छिमेकी जिल्लाका ल्याब टेक्निसियनलाई समेत कोरोना परीक्षणमा सहभागी गराउँदासम्बन्धी जिल्लामा परीक्षणमा सहजता हुने स्वास्थ्य सेवा विभागकका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेलको भनाइ छ ।

तालिममा सहभागी बागलुङकै ल्याब टेक्निसियनले शंकास्पद व्यक्तिको नमुना संकलन गरी स्वास्थ्य परीक्षण गर्ने छन् । उक्त परीक्षण रगतमार्फत गरिनेछ । परीक्षणको १५ मिनेटमा नतिजा आउनेछ ।
टोलीले बिहीबार अञ्चल अस्पतालमा कार्यरत ३ जना ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रुपमा कोरोना परीक्षण गरिएको थियो । अस्पतालका ल्याब टेक्निसियन सुरज बराल, स्वास्थ्यकर्मी देवप्रसाद घिमिरे र डिल्लीप्रसाद आचार्यको ¥यापिड टेष्ट गरी बागलुङमा कोरोना परीक्षणको शुरुवात गरिएको हो ।नमूनाको रुपमा परिक्षण गरिएका स्वास्थ्यकर्मीको रिपोटए नेगेटिभ आएको थियो । बागलुङमा कोरोना संक्रमितको परिवार तथा बागलुङमा चैत्र १ गतेदेखि यता विदेशबाट आएकाहरुलाई कोरोना परीक्षण गरिनेछ ।