पर्वतका गुरुङको बेलायतमा निधन

पर्वत स्थायी घर भई बेलायतको अल्पर्टनमा बस्दै आएका चेत प्रसाद गुरुङको कोरोना संक्रमणबाट निधन भएको छ । उनी तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष थिए ।

भूपू गोरखा सैनिकसमेत रहेका ५९ वर्षीय गुरुङको बुधबार राति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो । हालसम्म बेलायतमा कोरोनाले ३ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।