मुटुको अप्रेसन गरेका बिरामीलाई श्वासप्रश्वासमा समस्या आएपछि धनगढीका विभिन्न अस्पताल लगियो । तर, कुनै अस्पतालले भर्ना नगरेपछि केही घन्टा अलपत्र परेका ती बिरामीको ज्यान गएको छ ।
अस्पतालको गैरजिम्मेवारीका कारण कैलालीको गोदावरी नगरपालिका २ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको मृत्यु भएको हो । बुधबार साढे ११ बजे धनगढीको माया मेट्रो अस्पताल पुर्याइएका भट्टलाई अस्पतालले भर्ना गर्न नमानेको उनका आफन्तले जनाएका छन् ।
आफन्त हेमराजले केही घन्टा बिरामी अलपत्र परेको बताए । धनगढीका अस्पताले भेन्टिलेटर छैन, डाक्टर छैन आदि बाहाना बनाएर भर्ना नलिएको उनको गुनासो छ । भर्ना गर्न नसकिएपछि घर लगिएका बिरामीको केही घन्टापछि निधन भएको हो ।






