संकटमा काममा नआउने ५ डाक्टर बर्खास्त

संकटका बेला काममा नआउने पाँच चिकित्सकलाई सेवाबाट हटाइएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो ।

बिना जानकारी कार्यालयमा हाजिर नभएपछि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको निर्देशनमा उनीहरुलाई हटाइएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डन डा राजेन्द्र खनालले यसको पुष्टि गरे ।

बर्खास्तीमा पर्नेहरुमा डा बरदान वली र ताराप्रसाद शर्मा, डा प्रकृति डा प्रकाश न्यौपाने र डा सुवासचन्द्र चौधरी छन् ।