२१ % उपचारपछि निको भए

कोरोना भाइरसबाट संक्रमितमध्ये उपचारपछि निको भएर घर फर्किनेको संख्या २ लाख ५५ हजारभन्दा बढी छन् । यो करिब २१ प्रतिशत हो ।

आइतबार बेलुका सबा ९ सम्म २ लाख ५५ हजार ६ सय १५ जना बिरामी निको भएर घर फर्किसकेका छन्। चीनमा सबैभन्दा बढी मानिस ७६ हजार ९ सय ६४ छ ।

स्पेनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ३८ हजार घ ने जर्मनीमा सढे २६ हजारको संक्रमण निको भएको छ । इटालीमा २१ हजार र इरानमा करिब २० निको भएका छन् ।
संसारभर कोरोना भाइरसको संक्रबाट मुत्यु हुनेको संख्या ६६ हजार ५ सय ४२ पुगेको छ।

आतबारमात्र विभिन्न देशमा गरेर करिब ३५ हजार मानिस संक्रमित भएका छन् भने २ हजार ५ सय ४४ जनाको ज्यान गएको छ ।

अमेरिका हालसम्म सबै बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ३ लाख २१ हजार ५ सय १७ पुगेको छ। ९ हजार १ सय २९ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा अहिलेसम्म ९ जना संक्रमित फेला परेकोमा १ जना निको भएका छन् । नेपालबाहिर बेलायतमा २ र अमेरिकामा ५ गरी ७ जना नेपालीको ज्यान गएको छ ।
अद्यावधिक गरिएको ९ः५० बजे