डाक्टरको नक्कली परिचयपत्र बनाएर कार लिएर काठमाडौँबाट झापा आइपुगेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई लकडाउन उल्लंघन गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको को । पक्राउ पर्नेमा ललितपुरका ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौंका २८ वर्षीय गणेश अधिकारी छन् । डाक्टरको नक्कली भेष धारण गर्दै बा ६ च ७०१९ नम्बरको कार चढेर उनीहरू काठमाडौंबाट धरान हुँदै झापाको काँकडभिट्टा आइतबार बिहान आइपुगेका थिए।
उनीहरूले स्वास्थ्य शिविर चलाउन आएको बताएका थिए । दुवै जनालाई तत्कालका लागि अस्थायी क्वारेन्टाइनमा पठाइएको छ ।




