विपदमा अलपत्र बागलुङेको साथमा छौं : पाण्डे

लकडाउनका क्रममा औषधोपचार र खानाबाट बञ्चित बागलुङेलाई बागलुङ समाज पोखराले सघाउने भएको छ । बुधबार विज्ञप्ति निकालेर समाजका अध्यक्ष सुनिल पाण्डेले यस्तो जनाएका हुन् ।

पोखरामा रहेका सबै बागलुङेको छाता संस्था भएकाले यस्तो विषम अवस्थामा बागलुङेलाई औषधोपचार अभाव र जीविकोपार्जनका लागि खानाकै समस्या भएमा समाजलाई जानकारी दिन उनले अनुरोध गरेका छन् । । उनले भने, ‘हामी यथाशक्य सहयोग गर्ने प्रतिवद्धता गर्दछौं । विपद्लाई मिलेर सामना गरौं । बाचौं र बचाऔं ।’