मिक्लाजुङ गाउँपालिका वाडा न। ६ मोरङका समाजसेवी एवम व्यवसायी चन्द्रकुमार श्रेष्ठको नेतृत्वमा राहत वितरण गरिएको छ ।
उनले व्यक्तिगत प्रयत्नमा नै रकम जुटाएर खाध्यान्न सामग्री वितरण गरेका हुन् ।
मिक्लाजुङ ६ का विभिन्न टोल कालिदह डाडा, जनजाति चोक र बितेनिका ३५ घर बिपन्न परिवारलाई चामल, तेल, नुन र दाल बितरण गरिएको अभियान्ता राजकुमार मगरले बताए ।
कोरोना रोगको महामारीको कारण सरकारले लकडाउन घोषणा गरेको यो अबधिमा दैनिक मजदुरी गर्नेहरुलाई हातमुख जोर्न सघाउन राहत बाँडिएको श्रेष्ठले बताए। मिक्लाजु गाउपालिका ६ मा अझै सम्म सरकारी राहत पुगेको छैन ।
मोरङबाट गगन योक्पाङदेनको सहयोगमा




