प्रदेशसभा सदस्य पियारीलाई मातृशोक

गण्डकीकी प्रदेशसभा सदस्य पियारी थापालाई मातृशोक परेको छ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य उनकी आमा कुमारी थापाको ५१ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शोक विज्ञप्ति प्रकाशित गरी दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

यसैबीच, बागलुङ समाज पोखराले पनि आजीवन सदस्य तथा प्रदेशसभा सदस्य थापालाई मातृशोक परेकोमा दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष सुनिल पाण्डेले शोक विज्ञप्ति निकालेर कुमारी थापाप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।