कोरोनाको जोखिममा सडक बालबालिका

चीनमा पहिलो पटक देखा परि विश्वभर फैलिएको कोभिड–१९ कोरोना भाइरस नियन्त्रणकालागि सरकारले मंगलवार देखि एक साताकालागि देश नै लकडाउँन गरेको छ । कोरोना भाइरसको त्रासका कारण नेपाल मात्र होेइन विश्वमा धेरै देशका नागरिक घर भित्रै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइड कोरोना भाइरसका कारण सुनसान छ । पोखरामा रहेका पर्यटक सामान किन्न फाट्टफुट्ट निस्कने बाहेक राती २ बजे सम्म गुल्जार रहने लेकसाइड सुनसान छ । सुनसान लेकसाइडमा तनहुँ भिमादका करिव दश वर्षका मिलन बिक बिहीवार निस्फीक्री सडकमा घुमी रहेका थिए । उनि संग ७ वर्ष देखि ११ वर्ष समूहका बालबालिका उस्तै गरि निस्फीक्री डुली रहेका छन् । लेकसाइडमा हिडीरहेका पर्यटक संग उनि पाउँरोटी माग्दै थिए । लकडाउन भए देखि राम्रो संग खानपनि नपाएको उनले सुनाए ।

धेरै नखुलेका उनि राति मन्दिरमा बस्ने र माघेर भोक मेट्ने गरेको बताए । कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन हुनु अघि सम्म लेकसाइडका रेष्टुरेण्टमा खाना मिल्थ्यो । अहिले भने लेकसाइडका रेष्टुरेण्ट बन्द छन् । त्यसैले समस्या परेको उनले सुनाए । उनि संगै ४ जना बालीका र एक जना बालक पनि उनि जस्तै गरि लेकसाइडमा दिन बिताइरहेका छन् । म्याग्दी घर भएकी अञ्जली श्रेष्ठ नाम बताउँने ८÷९ वर्षीय बालिका पनि निस्फीक्री सडकमा हिडीरहेकी छन् ।

पोखरा महानगरपालिका भित्र यसरी हिड्ने बालबालिका कति छन भन्ने यकीन छैन । पोखराको सडक, प्रतिक्षलयमा रात काट्ने उमेर पुगेका पाका महिला र पुरुष पनि रहेका छन् । उनिहरुको अवस्था पनि उस्तै जोखिममा रहेको छ । आफ्नो स्थानीय निकायमा रहेका सडक बालबालिका, सडमै रात काट्ने उमेर पुगेका महिला पुरुषलाई सम्वन्धीत स्थानीय निकायले संरक्षणमा लिनु पर्ने राष्ट्रिय मानव अधिकारी अयोग गण्डकी प्रदेशका अधिकृत टंक खनालले बताए । अभिभावक भएका बालबालिकालाई अभिभावकको जिम्मा लगाउन र अभिभावक नभएका बालबालिकालाई संरक्षणमा स्थानीय निकायले लिनु पर्छ उनले भने ।


हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।