कोरोना संक्रमण पहिचान कति जटिल छ भन्ने भुटानमा देखिएको छ । ३ पटकसम्म जाँच गर्दा नेगेटिभ देखिएको कोरोना चौथो पटकमा पोजेटिभ देखिएको छ ।
यो ५९ वर्षीया अमेरिकी महिलाको केस हो । ७६ वर्षीय उनका श्रीमान्लाई पनि संक्रमण देखिएको थियो ।
श्रीमानलाई कोरोना संक्रमण देखिएपछि श्रीमतीलाई पनि क्वारेन्टाइनमा राखिएको थियो। फागुन २२ गते ती अमेरिकी पुरूषलाई कोरोना देखिएको थियो । त्यसपछि क्वारेन्टाइनमा राखिएकी ती महिलालाई तीन पटक परीक्षण गरिए पनि कोरोना संक्रमण देखिएन। १५ दिनको क्वारेन्टाइन सकेर चौथो पटक परीक्षण गर्दा शुक्रबार उनमा कोरोना भेटियो ।
ती अमेरिकी दम्पत्ती फागुन १९ मा भारतको गुवाहटीबाट भुटान पुगेका थिए।
ती महिलालाई आइसोलेसनमा राखेर निगरानी थालिएको छ।




