स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालीमा कोरोनाको संक्रमण देखिएमा सबै उपचारको जिम्मा सरकारले लिने जनाएका छन् ।
नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले सबै प्रदेशमा कोरोना जाँच्ने व्यवस्था गरिन लागेको जनाए ।
परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने बताए ।
उनले निजी अस्पतालमा विदेशी नागरिक तथा कुटनीतिक नियोग र अन्य व्यक्तिको उपचार गरिने र नेपालीलाई सरकारी अस्पतालमै उपचार गरिने सुनाए ।




